सरकारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
काठमाडौँ- आज राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । आज संसदीय समिति र केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा निर्णय हुने बताइएको छ ।