भ्रष्टाचार उन्मुलन गर्ने सशक्त कानुन यसै संसद‍्बाट ल्याउन नेता महरको माग

इकागज | बैशाख २५, २०८०

काठमाडौं - नेपाली कांग्रेसका नेता नैनसिंह महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंकका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद‍्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन निर्माण गर्नुपर्ने बताएका छन्।

सुशासनका लागि सामाजिक अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले नक्कली भुटानीसरणार्थी प्रकरणमा संलग्नता रहेकाहरूमाथि गहन अनुसन्धान गरी दोषी प्रमाणित भएका ठूला-साना सबैलाई कडा कारबाही हुनुपर्ने बताए।

अक्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमेत बेलाबेलामा भ्रष्टाचारमा मुछिएको बताउँदै महरले अहिले पनि अख्तियारको खुट्टा धर्मराएको हो कि भन्दै प्रश्न गरे?

काण्डै- काण्ड र महाकाण्ड जस्ता पुस्तकमा नेपालको भ्रष्टाचारका काण्डहरू पर्दाफास गरिसकेका उनले भ्रष्टाचारीका कारण नेपाली समाजमा इमान्दार मानिस निरीह बन्नुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे। 'भ्रष्टाचारका कारण देशको सुशासनको अवस्था कमजोर मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा देशको निर्लज्ज हुनुपर्ने अवस्था सिर्जना भएको छ। चालु संसदमा सांसदहरूले भत्तामात्रै पकाउनु भन्दा भ्रष्टाचार नियन्त्रण सम्बन्धी आवश्यक कानुन निर्माण गर्नुपर्छ। सम्बन्धित निकायले दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुँदैन,' महरले भने।

उनले मुलुक विकास हुन नसक्नुको प्रमुख कारण नै भ्रष्टाचार र अनियमितता भएको बताए। नेताहरू सच्चिँदै भ्रष्ट कर्मचारीहरूलाई कडाभन्दा कडा कारबाही गरिनु पर्ने उनको भनाइ छ।

कांग्रेस नेता रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

इकागज | बैशाख २५, २०८०

काठमाडौं - राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता रमेशजंग शाहीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको ...

भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई खोज्‍न सबै प्रदेश कमिटी र मातहतका कमिटीलाई वाइसीएलको निर्देशन

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपपछि फरार रहेक...

शरणार्थी प्रकरणका अडियोहरू आउन थाले, सिआईबीलाई अनुसन्धान गर्न दिऊँ : एमाले महासचिव

इकागज | बैशाख २५, २०८०

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सीआईबीलाई लगाउनु पर्ने...

भुटानी शरणार्थी प्रकरणमा ओलीले भने : छानबिनमा सरकारले हस्तक्षेप र बयान फेराउने काम नगराेस्

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउ...

‘केही साथीहरूले आफ्नो ढंगले चल्ने काम गर्नुभएको सुनियो’

बाबुराम भण्डारी | बैशाख २४, २०८०

विराटनगर- नब्बे प्रतिशत बढी मतका साथ कोशी प्रदेश नामकरणको प्रक्रियामा पार्टीका केन्द्रीय सचिव समेत र...

ओलीले भने : नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले सहयोग गर्छ

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बत...

प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौं : एमाले

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटनामा छानबिन गर्न चुनौती द...