नेपाली नागरिकलाई भुटानी बनाएर कमाउने प्रथा पहिलाेपल्ट सुनेँ : उपेन्द्र यादव

इकागज | बैशाख २३, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका छन् ।​

रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित नहुने भन्दै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका हुन् । उनले मुलुकले अत्यन्तै आर्थिक संकट बेहाेरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिए ।

अध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानबिन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।

यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर समाधानमुखी सम्बोधन गर्नुपर्ने जिकिर गरे ।

रास्वपाले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार ढल्दैन : उपाध्यक्ष महरा

इकागज | बैशाख २३, २०८०

काठमाडौँ- सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वत...

‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’

इकागज | बैशाख २३, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मु...

खाणले सञ्चारमाध्यमलाई भने - चरित्रहत्या गर्ने काम बन्द गरौं

इकागज | बैशाख २३, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्नो चरित्र हत्या नगर्न सञ्चारमाध्यमला...

कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको ...

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रहरी प्रशासनको अग्रसरता प्रशंसनीय छ : राप्रपा

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रहरी प्रशासनले लिएको अग्रता र सक्रियत...

भ्रातृ संगठन र विभागहरूलाई पूर्णता दिने कांग्रेसको निर्णय

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरूलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता ...