माओवादीलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

इकागज | फागुन २७, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसारअगाडि बढाउनुपर्ने बताएका छन् । शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादीबीच २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्यायको विषयअगाडि बढ्नुपर्ने बताएका हुन् । 

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए । द्वन्द्वकालका घटनाहरूको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको उनको भनाइ छ । ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताविपरीत छ । यी विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ,' उनले भने, 'त्यसले काम पनि शुरुवात गरिरहेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् नै संक्रमणकालीन न्यायसम्बन्धी विषयहरू समाधान गरिनुपर्छ । यो कुरा गठबन्धनका आठ दलले पनि निर्णय गरिसकेका छन् । त्यस्तै संसद्बाहिर भएका घटकहरूले पनि गरिरहेका छन् ।’ 

देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने उनले बताए । 

मिनेन्द्र रिजाल भन्छन्- नवनिर्वाचित राष्ट्रपति पौडेल अब गठबन्धन र कांग्रेसको परिधिभित्र बस्‍नु हुँदैन

इकागज | फागुन २७, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहम...

बालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० पुग्यो

इकागज | फागुन २७, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ ९ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पन...

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्ता गठबन्धनको बैठक सुरु (तस्बिरहरू)

इकागज | फागुन २७, २०७९

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ब...

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

इकागज | फागुन २७, २०७९

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।  आज बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरक...