राष्ट्रपतिका दुई उम्मेदवारले मतदानपछि के भने ?

इकागज | फागुन २५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका छन् । बिहीबार मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानको भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफू समर्पित हुने प्रतिवद्धता जनाए । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने उनले बताए । आफू सबैको माया पाएर राष्ट्रपति बन्ने उनको भनाइ छ  । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने मेरो उद्देश्य हो । संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु,' उनले भने, 'गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’ 

यस्तै, नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 

राष्ट्रपतिको सवारी हुँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभुति दिलाउने उनले बताए  । देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहीत छु । विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ,' उनले भने, 'त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ । त्यसैले म सफल रुपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रुपमा काम गर्नेछु । जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने मेरो कुरा हो । जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महसुस हुने सवारी हुनेछु । म सबै दल र सारा नेपालीहरूको साझा उम्मेदवार भएर राष्ट्रपतिको उम्मेदवार बनेको छु । यो देशका सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनपर्छ ।’
 

शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न मिल्दैन : जनार्दन शर्मा

इकागज | फागुन २५, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले शान्ति प्रक्रियालाई संविधानको मर्म ...

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै

इकागज | फागुन २५, २०७९

काठमाडौँ- राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिँद...

शेखर पक्षीय नेविसंघ भन्छ : स्ववियुमा न्यायोचित रूपमा टिकट वितरण नभए देशैभर उम्मेदवार उठाउँछौं

इकागज | फागुन २४, २०७९

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन नजिकिएसँगै नेपाल विद्यार्थी संघ (नेविसंघ) ...

राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो : अध्यक्ष नेपाल

इकागज | फागुन २४, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परि...

परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको छ, सशक्त प्रतिवाद गर्छौं : देवेन्द्र पौडेल (भिडिओ)

इकागज | फागुन २४, २०७९

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउन...