राष्ट्रलाई अगाडि बढाउन श्रमको सम्मान गर्नुपर्छ : नेता पौडेल

इकागज | फागुन २१, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन् ।

आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन् । उनले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने जिकिर गरे ।

पौडेलले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गर्नुभयो । वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए ।

उनले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे । श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइ राख्नका लागि पनि श्रम आवश्यक रहेको उल्लेख गरे । 

राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत हाेइन : संयोजक बास्तोला

इकागज | फागुन २१, २०७९

काठमाडौँ- नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताए...

बाबुराम भट्टराईकाे टिप्पणी : बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ

इकागज | फागुन २१, २०७९

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री...

स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने

इकागज | फागुन २१, २०७९

काठमाडौँ- आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनल...

बाबुराम-विप्लवका अगाडि प्रचण्डले भने- सम्पूर्ण माओवादी घटकहरू एकतावद्ध हुने बेला भयो

इकागज | फागुन २१, २०७९

काठमाडौँ - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरूलाई...

मानवता विरुद्धको अपराध कारण प्रचण्ड देश र जनताको पक्षमा उभिनै सक्दैनन् : शंकर पोखरेल

इकागज | फागुन २१, २०७९

काठमाडौँ - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश...