अराजकताको पक्षमा राप्रपा छैन : अध्यक्ष लिङ्देन

इकागज | फागुन २२, २०७९

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरूका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनताको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।

उनले यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरू भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडक‍ा रूपमा रहेका राजनीतिक दलहरू बढी जिम्मेवार हुन आवश्यक रहेको बताए । उनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेका भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिवद्धता जनाए ।

विगत केही दिन यता व्यवसायी दुर्गा प्रसाईंले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको विरोध गर्दै आएका थिए । सोही विषयमा राप्रपाले यस्तो स्पष्टीकरण दिएको हो । 

कांग्रेस उम्मेदवारलाई सहयोग गर्न राप्रपा सकारात्मक : उपसभापति खड्का

इकागज | फागुन २२, २०७९

काठमाडौँ- नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी...

संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी बाधक बन्याे : ओली

इकागज | फागुन २२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी ...

राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङलाई भोट हाल्न सिकाउँदै एमाले

इकागज | फागुन २२, २०७९

काठमाडौँ - नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ । ललित...

प्रचण्डलाई अखिल अध्यक्षको प्रश्नः सरकारमा बसेर कसका विरुद्ध आन्दोलन गर्ने ?

इकागज | फागुन २२, २०७९

काठमाडौं - नेकपा एमालेनिकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्द...

बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम होइन

इकागज | फागुन २२, २०७९

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउन...

ओलीले चेतावनी दिँदै भने : सरकार राष्ट्र र जनताको हितविपरित चल्न खोजे सैह्य हुँदैन

इकागज | फागुन २१, २०७९

काठमाडौँ- नेकपा एमाले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र र जनताको ...