राष्ट्रपति उम्मेदवार नेम्वाङ र प्रधानमन्त्रीबीचको छलफल सकारात्मक : योगेश भट्टराई

इकागज | फागुन १९, २०७९

काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन् । भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताएको लोसपा नेता राजेन्द्र महतोले उल्लेख गरे । उनले आफू ८ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताए ।

उनले भने, ‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ । र, पनि उहाँले आग्रह गर्नुभएको छ । हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ ।’

त्यस्तै भेटपछि नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताए । उनले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्नु नहुने धारणा राखे । 

उनले भने, ‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो । संविधान, कानुन बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ । बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरूको प्रतिक्रिया सकारात्मक पाएका छौँ । राष्ट्रपति जस्तो निर्वाचनमा गठजोड बनाएर, गठबन्धन बनाएर देशलाई विभाजित गर्नु हुँदैन । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छाैँ यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेका छौँ ।’

सचिव भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पनि भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको उल्लेख गरे

त्रिविसहित सबै विश्वविद्यालयलाई माओवादीको पत्र : पञ्चा सिंह नेतृत्वको संगठन आधिकारिक

इकागज | फागुन १८, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले पञ्चा सिंहले नेतृत्व गरिरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्य...

सबै सांसदहरू मेराे उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ : रामचन्द्र पौडेल

इकागज | फागुन १८, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्...

एमाले भन्छ : रास्वपाले हामीलाई सघाउँछ, रास्वपा भन्छ : पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँ

इकागज | फागुन १८, २०७९

काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पा...

राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक : अध्यक्ष नेपाल

इकागज | फागुन १८, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय...

राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत छैन : प्रवक्ता महत

इकागज | फागुन १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत...