एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने
काठमाडौं– सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडललाई मत दिने निर्णय गरेको हो ।
सञ्चारकर्मीसँग बैठकपछि कुराकानी गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘राष्ट्रपतिमा हाम्रो पार्टीले गठबन्धनका साझा उम्मेदवारी रामचन्द्र पौडेलज्यूलाई मतदात गर्नेछ ।’
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।