आरजु राणा भन्छिन् : नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ

इकागज | फागुन १६, २०७९

ललितपुर- नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन् ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालमा डिजिटल प्रणाली सुरुवात गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको जिकिर गरिन् ।

राणाले नेपाली सेनाको डेटाहरू आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन् । नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुञ्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उनले उल्लेख गरिन् ।

हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरूले थप अध्ययन गर्न आवश्यक रहेको बताइन् ।

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रोग्रामिङ स्किलबाट समाजका समस्याहरू समाधान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको थियो ।

स्वास्थ्यमा धेरै समस्या छन् भन्‍ने कुरा मन्त्री भएपछि मात्रै थाहा पाएँ : पदम गिरी

इकागज | फागुन १६, २०७९

काठमाडौँ - निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेक...

रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले ओलीलाई लेखेको पत्रमा के छ ? (पत्रसहित)

इकागज | फागुन १६, २०७९

काठमाडौँ- राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्‍ना उम्मेदवार वरिष्ठ न...

ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकाल गरौं भनेपछि मैले अस्वीकार गरे : अध्यक्ष नेपाल

इकागज | फागुन १५, २०७९

सुर्खेत - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीक...

बैज्ञानिक समाजवादी पार्टी अब आम आदमी पार्टी, अध्यक्ष प्रभु साह

इकागज | फागुन १५, २०७९

काठमाडौं - प्रभु साह नेतृत्वको पार्टी आम आदमी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले संघी...

सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्‍नेबारे टुंग्‍याउन रास्वपाको बैठक बस्दै

इकागज | फागुन १५, २०७९

काठमाडौँ- आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्याल...