काठमाडौँ-१ : हारे रवीन्द्र मिश्र, प्रकाशमान सिंह विजयी

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- काठमाडौँ-१ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले १२९ मतान्तरले जितेका हुन् ।

अन्तिम मत परिणामअनुसार सिंहले ७१४० मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम २८०३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण पौडेल २६९३ र नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल २१३० मत पाएका छन् ।

सिंहको यो चौथो जित हो ।

र, यो पनि

मध्येरातको अपडेट : कांग्रेस ४६, एमाले ३१, माओवादी १२, रास्वपा ९ ठाउँमा अग्रता

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम धमाधम सार्वजनिक हुन थालेको छ । जसअनुसार नेपाली ...

सिन्धुपाल्चोक- २ : शेरबहादुर तामाङले लिए अग्रता, मोहनबहादुर बस्नेत एक सय मतले पछाडि

इकागज | मंसिर ५, २०७९

काठमाडौँ- सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा मत गणना सुरु भएको छ । नेकपा एमालेका शेरबहादुर तामाङले ...

एक हजार बढी मतले पछि परे सागर ढकाल, मल्लभन्दा झण्डै तेब्बर मतले अगाडि देउवा

इकागज | मंसिर ५, २०७९

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ...