गठबन्धनलाई जिताउनुपर्छ : निधि

इकागज | कात्तिक २४, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले पटक-पटक संविधान उल्लंघन गरेकाले त्यसको संरक्षण गर्नुपर्ने भएकाले निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका हुन् ।

संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाइ छ । उनले मंसिर ४ को चुनावमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको भन्दै कांग्रेसले सक्षम उम्मेदवारहरू उठाएको जिकिर गरे । कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको उनले बताए ।

त्यस्तै कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टीमा प्रवेश नेताहरूलाई उचित सम्मान र इज्जत दिने विश्वास दिलाए । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख, दुःखमा साथ दिएको भन्दै त्यसो गर्नु आफ्नो दायित्व नै भएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुंगानासहित सिन्धुपाल्चोक क्षेत्र नं २ का नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

मैले जिते गुल्मीलाई नमुना जिल्ला बनाउँछु : नेता भण्डारी

इकागज | कात्तिक २४, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्...

​माधव नेपालको आरोप : निर्वाचनमा ओलीले लुट र भ्रष्टाचारको पैसा खोलो बगाए

इकागज | कात्तिक २४, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ...

कालिगण्डकी डाइभर्सनबारे विष्णु पौडेलको घोषणापत्रले एमाले नेता नै असन्तुष्ट

इकागज | कात्तिक २४, २०७९

पोखरा- केही पटक चर्चामा आएर सेलाएको कालिगण्डकी डाइभर्सनबारे पुनः चर्चा सुरु भएको छ । रुपन्देहीका ...

राप्रपाले काठमाडौंमा आमसभा गर्दै, तीन जिल्लाका ४५ उम्मेदवारले सामूहिक अपिल गर्ने

इकागज | कात्तिक २३, २०७९

काठमाडौं - राप्रपाले आउँदो शुक्रबार काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनि...

पूर्वमन्त्री इस्तियाक राईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

इकागज | कात्तिक २२, २०७९

काठमाडौँ- पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मे...