सम्पदा र संस्कृति देशको सम्पत्ति हुन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

इकागज | कात्तिक १९, २०७९

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पोखरेलले शुक्रबार बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका हुन् ।

पोखरेलले बूढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैँ सक्रिय रहेको उल्लेख गरे । उनले बूढानीलकण्ठ मन्दिरको दर्शन गर्दै मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुलाई सहज वातावरणमै बूढानीलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन मन्दिरका संरक्षकलाई आग्रह गरे । रासस

अखिल क्रान्तिकारीद्वारा निर्वाचन बहिष्कारसहित आन्दोलनका कार्यक्रम घाेषणा

इकागज | कात्तिक १८, २०७९

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँ...

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : प्रचण्ड

इकागज | कात्तिक १८, २०७९

गोरखा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल...

सञ्चारमन्त्री कार्कीको क्षेत्रका मतदाता भन्छन्ः जनतालाई भेडाबाख्रा बनाउने काम भयो

इकागज | कात्तिक १८, २०७९

काठमाडौँ - सुनसरी-४ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी...

निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु : प्रदीप पौडेल

इकागज | कात्तिक १७, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जन...

प्रतिगामी शक्तिलाई पराजित गर्न नसके लोकतन्त्रमाथि गम्भीर खतरा : बाबुराम भट्टराई

इकागज | कात्तिक १७, २०७९

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परा...