एमालेको घोषणापत्र :  आगामी ५ वर्षभित्र जीडीपी १०० खर्ब रुपैयाँ पुर्‍याउने

इकागज | कात्तिक १५, २०७९

काठमाडौँ- नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । 

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँ पुर्‍याउने दाबी गरिएको छ । 

अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर १०० खर्ब रुपैयाँ पुर्‍याउने एमालेले दाबी गरेको हो । 

‘हालको करिब रु. ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई आगामी पाँच वर्षभित्र रु. १०० खर्ब पुर्‍याउनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ । 

एमालेको घोषणा : सबै महिलालाई स्यानिटरी प्याड किन्‍न वार्षिक १५ सय रुपैयाँ दिने

इकागज | कात्तिक १५, २०७९

काठमाडौँ- नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लाग...

एमाले घोषणापत्र : स्वदेशी उत्पादन र उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

इकागज | कात्तिक १५, २०७९

काठमाडौँ- नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौँको याक एन्ड...

सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैनः आयुक्त भण्डारी

इकागज | कात्तिक १५, २०७९

काठमाडौँ- निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र नि...

माओवादीको प्रतिबद्धता : छ महिनाभित्र सङ्घीय शिक्षा ऐन, एक महिना अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले शिक्षालाई गुणस्तरीय, रोजगारमूलक, जीवन उपयोगी र सर्वसुलभ तुल्याउन नय...

माओवादीको संकल्प : बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- विद्युतकाे खपत बढाउने तथा पेट्रोलियम पदार्थको आयातका लागि मोटो रकम विदेश पठाउनुपरेको सन्दर्भ...

चुनाव जित्नका लागि नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपर्‍याे : घनश्याम भुसाल

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले चुनाव जित्नका लाग...