एमालेको चुनावीसभा पश्चिमबाट, ओली दार्चुला जाँदै

इकागज | कात्तिक १७, २०७९

काठमाडौँ- नेकपा (एमाले)ले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।

एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसकेका छन् ।

सुदूरपश्चिम पश्चात ओली कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि लुम्बिनी पुग्नेछन् ।

उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ । 

एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ ।

आज डडेल्धुरा जाँदै प्रधानमन्त्री देउवा, यस्तो छ चार दिने कार्यक्रम

इकागज | कात्तिक १७, २०७९

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँ...

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : कांग्रेस प्रवक्ता महत

इकागज | कात्तिक १६, २०७९

बुटवल- नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमा...

कांग्रेसको बटमलाइन चुनावपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्‍ने : महत

इकागज | कात्तिक १६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसको बटमलाइन चुनावपछि शेरबहादुर देउ...

निर्वाचनपछि कांग्रेसले शेर बहादुर देउवा नै  प्रधानमन्त्रीमा अघि सार्छ : महत

इकागज | कात्तिक १६, २०७९

बुटवल -  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री शेर बहाद...

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज डडेलधुरा जाँदै

दीपक उपाध्याय | कात्तिक १६, २०७९

कैलाली - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी आमसभालाई सम्बोधन गर्न आ...

एमालेबाट माओवादी प्रवेश गरेका सरदारसहित ४५ जनाको नाम बन्द सूचीबाट हट्‌यो

बाबुराम भण्डारी | कात्तिक १६, २०७९

विराटनगर- नेकपा एमाले त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरी प्रदेशसभातर्फको समानुपातिक बन्दसूचीमा प...

निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न सक्दैन : माधव नेपाल

इकागज | कात्तिक १५, २०७९

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले ...