नेकपा एसमा एक लाख ५० हजार संगठित सदस्य

इकागज | असार १, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ । पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने बताए ।

राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनौट गर्नेछ । पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनौट गर्ने उनले बताए । महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन् भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनौटका लागि सङ्ख्या निर्धारण गरिएको छ । यही असार १६ देखि २० गतेसम्म पार्टीको दसौँ महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभक्त भएको पार्टीले आसन्न महाधिवेशनलाई दसौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी आफूलाई मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिएर अब हुने राष्ट्रिय महाधिवेशनलाई दसौँ मानेको हो ।

प्रचण्डलाई किन र केका लागि प्रधानमन्त्री भएको भन्‍ने नै मेसो छैन : महामन्त्री थापा

इकागज | असार १, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफक...

सरकारमा बसेको सय दिनमा असल कार्यको आधार बनाउन सफल भएको छु : रवि लामिछाने

इकागज | असार १, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको एक सय दिनमा असल का...

राजनीतिक अस्थिरताको सिकार हाम्रो पार्टीलाई बनाइयो : उपेन्द्र यादव

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको सिक...

काँग्रेसमाथि चौतर्फी आक्रमण हुन थाल्यो, पार्टी छाडेकाहरू घर फर्कनुस् : डा. शेखर

इकागज | जेठ ३२, २०८१

जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समय...

गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ :  पूर्वसभामुख सापकोटा

इकागज | जेठ ३२, २०८१

काठमाडौँ -  पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रक...