गण्डकीमा फ्लोर क्रस गरेका सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ ।

जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले शुक्रबार कारबाही गरेको हो । देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ ।

नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेर जितेका थिए ।

उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको दाबी गर्दै आएका छन् । 

माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकाले देवकोटालाई माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ । फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटा अहिले गण्डकीमा ऊर्जा मन्त्री बनेका छन् ।

जब डा. शेखरले मधेशको ४२ डिग्री गर्मीलाई छल्दै जनकपुर झर्ने निर्णय गरे...

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- गर्मीको मौसम छ । यस वर्ष देशैभर तापक्रम वृद्धिको ग्राफ बढ्दो छ । सबैभन्दा बढी मधेश प्रदेशक...

एमालेलाई निर्णायक तहमा पुग्‍न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको झुटो प्रचार गरियो : केपी ओली

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमाल...

माधव नेपालको प्रतिक्रिया : केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा जानकारी छैन

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफ...

भूमिको वर्गीकरण र अव्यवस्थित बसोबास नियन्त्रण गर्न सरकार असफल : ज्ञानेन्द्र शाही

इकागज | जेठ ३१, २०८१

काठमाडौँ - राप्रपाका ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रक...

उद्योग मन्त्रालय अन्तर्गत कर्मचारीलाई दिने र पदाधिकारीलाई दिने पारिश्रमिक अव्यवहारिक : दिलेन्द्र बडू

इकागज | जेठ ३१, २०८१

काठमाडौँ - प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफल बिहीबार पनि जारी रहेको छ । बि...

ज्येष्ठ नागरिकको राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक घरमै गर्ने व्यवस्था मिलाउन माग

इकागज | जेठ ३१, २०८१

काठमाडौं - नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सरकारले दु...