जसपाले सरकारलाई विश्वासको मत दिने

इकागज | पुस २३, २०७९

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरूको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

आज एक विज्ञप्ति जारी गर्दै जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो ।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारूढ दलका शीर्ष नेतालाई आज बुझाएको हो । प्रतिवेदनमा प्रभावकारी रूपमा सरकार सञ्चालनका लागि प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषय समेटिएको छ । 

जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषयमा भने असहमति व्यक्त गरेको छ । प्रवक्ता सुमनका अनुसार आइतबार पार्टीको बैठक बसी सरकारलाई विश्वासको मत दिनेबारे औपचारिक निर्णय गर्नेछ ।

ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् : दिपकुमार उपाध्याय

इकागज | पुस २३, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ...

काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ : महामन्त्री थापा

इकागज | पुस २३, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहा...

विश्वासको मतबारे छलफल गर्न पुस २६ मा पुन: कांग्रेस संसदीय दलको बैठक बस्ने

इकागज | पुस २३, २०७९

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्...

पौडेलले भने : कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक काममा लाग्ने भन्ने विषयमा छलफल भयो

इकागज | पुस २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले आजको संसदीय दलको बैठकका अब क...

काँग्रेसका प्रमुख सचेतक लेखककाे प्रष्टाेक्ति : हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ

इकागज | पुस २२, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो प...

सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव

इकागज | पुस २२, २०७९

काठमाडौं– सत्तारूढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । शुक्रबार उपप्रधानमन्त्री तथा अर्थ...