प्रदेश सरकारले विधि, पद्धति र नियमभित्र रहेर बजेट ल्याओस् : कांग्रेस संसदीय दल

इकागज | जेठ २९, २०८१

सुदूरपश्चिम- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ । 

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमजस्तै ढङ्गले बजेट ल्याइएमा कांग्रेसले प्रतिवाद गर्ने बताए ।

बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उनले जानकारी दिए । 

कांग्रेसले आगामी आर्थिक वर्षका लागि अनावश्यक रूपमा बजेटको आकार बढाएर आफ्ना सांसद र कार्यकर्तालाई थम्थम्याउने काम नगर्न पनि सचेत गराएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार जोगाउने नाममा मन्त्रालय फुटाएर आर्थिक व्ययभार थप्ने गरी मन्त्री नियुक्त गर्ने कुराको विरोध गर्ने पनि शाहले बताए ।

उपेन्द्र यादवको नजरमा कांग्रेस : आफ्नै असक्षमताका कारण थङथिलो भयो

इकागज | जेठ २९, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस आफ्नै असक्षमताका कारण...

किसानको ४ अर्ब दुधको पैसा छिटो भुक्तानी गर्न सरकारलाई दीपक सिंहको माग

इकागज | जेठ २९, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक सिंहले हावाहुरीबाट क्षति पुगेका किसानलाई राहत उ...

तोसिमाको प्रश्न - अस्पतालहरूले विपन्‍न नागरिकलाई १० प्रतिशत शैय्या छुट्याएर निशुल्क सेवा कहिले दिन्छ ?

इकागज | जेठ २९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सरकारी अस्पतालले विपन्न नागरिकलाई ...

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

इकागज | जेठ २९, २०८१

काठमाडौँ - राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर...

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली

इकागज | जेठ २८, २०८१

काभ्रेपलाञ्चोक- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्...

डा. कोइरालाले भने- राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादी शक्तिले सोचौँ

इकागज | जेठ २८, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका निम्ति लोकतन्त्रवादी शक्तिले सोच्...