समाजवादी मोर्चाको बैठक सुरु

इकागज | साउन १, २०८१

काठमाडौँ- समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु भएको हो ।

समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

रवि लामिछानेले गरे सिमलतालमा हराइरहेको बस र यात्रुको खोजी कार्यको निरीक्षण

इकागज | साउन १, २०८१

काठमाडौँ- निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिमलतालमा हराइरहेको बस र यात्रुको खोजी कार्य...

तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए - प्रचण्ड

इकागज | असार ३१, २०८१

काठमाडौँ - निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, साम...