बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आयौं- योगेश भट्टराई

इकागज | असार २८, २०८१

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउँमा आउनु परेको बताएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठूला दल मिलेको बताएका छन् । 

भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरूलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए ।

सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउँमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे । उनले सामान्यतया संसदका दुई ठूला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिँदैन । तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एक ठाउँमा आउनुपरेको स्पष्ट गरे ।

देशैभर आएको बाढीले क्षति गरेपछि डा. शेखरले भनेः नागरिकलाई सरकार भएको अनुभूति गराउ

इकागज | असार २८, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले देशभर आएको बाढी- पहिरो कारण पीडितहरूको उ...