एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेका छन् : केपी ओली

इकागज | असार २६, २०८१

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् । 

उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको धारणा राखे । भ्रष्टाचार, अस्थिरता लगायत स्वार्थप्रेरित काम पनि देखिएको उनले बताए ।  ओलीले संविधानलाई गतिशील बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्ने गरि कांग्रेससँग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गरे । उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागिता गराउने जिकिर गरे । 

ओलीले अब बन्ने सरकारले देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रित गर्ने दावी गरे । 

प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्या देखियो : सांसद ढकाल

इकागज | असार २५, २०८१

काठमाडौँ- रास्वपाका सांसद हरि ढकालले प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्य...

महिन्द्र राय यादव भन्छन्- नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ

इकागज | असार २५, २०८१

काठमाडौँ- सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाए...

मुकुल ढकालको प्रतिक्रिया- रवि लामिछाने क्लबबाट निस्कासित भएँ

इकागज | असार २५, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेपछि डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबा...

मुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

इकागज | असार २५, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकालला...