नयाँ रणनीतिमा राप्रपा – आज संसदीय दलको बैठक बस्दै

इकागज | असार २७, २०८१

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दैछ। जसमा पार्टीले नयाँ राजनीतिक दिशा र रणनीति तय गर्ने तयारी गरेको छ। बैठक दिउँसो २ बजे सुरु हुनेछ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विश्वासको मत लिने प्रक्रियाबारे छलफल हुनेछ। पार्टीले विश्वासको मत दिने वा नदिने निर्णय बैठकमा गर्नेछ, जसले संसदमा राप्रपाको आगामी कदमलाई निर्धारित गर्नेछ।

यस बैठकले पार्टीलाई आगामी दिनमा संसदमा कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने र रणनीति निर्माण गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। राप्रपाले आफ्नो धारणा स्पष्ट गर्न र आगामी राजनीतिक चुनौतीहरूलाई सामना गर्न तयारी गरिरहेको छ।

एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ - महामन्त्री शर्मा

इकागज | असार २६, २०८१

झापा - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला द...

प्रचण्डको ब्रिफिङ - ढाँटछल गरेर एमालेले कांग्रेससँग गठबन्धन गर्‍यो

इकागज | असार २६, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर एमालेले कांग्रेससंग गठबन्धन गरेको बताएका छन्...

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल ढकाल

इकागज | असार २६, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रक...