कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्‍नका लागि मात्रै होइन : प्रदीप ज्ञवाली

इकागज | साउन ५, २०८१

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभएको बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले शनिबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्न दृढ राजनीतिक शक्ति बोकेर आएको बताए ।

उपमहासचिव ज्ञवालीले वर्तमान सरकारको वैधानिकता भनेको नेपालको संविधानको धारा ७२ को उपधारा (२) नै भएको र उपधारा (२) मा उल्लिखित प्रावधान कुनै व्यक्तिविशेषलाई मात्र आकर्षित हुन्छ भनेर तर्क गर्नु गैरसंवैधानिक भएको टिप्पणी गरे । उनले माओवादीलगायत अन्य विपक्षी दलले संविधानको धारा ७२ को उपधारा दुईको गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी मात्र भएको पनि बताए ।

उपमहासचिव ज्ञवालीले दुईपटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा माओवादी भनेजस्तो गरी कसरी पच्छगमन हुन सक्छ ? भन्ने प्रश्न गरेका छन् ।

उनले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेको समितिले प्रतिवेदन दिएपश्चात समस्या समाधान गर्न सरकार पछि नपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

एमालेसँग भएका सहमतिलाई कांग्रेसले इमान्दारी साथ कार्यान्वयन गर्छ : गगन थापा

इकागज | साउन ५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग भएका सहमतिलाई कांग्रेसले इमान्दारी साथ...

कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

इकागज | साउन ४, २०८१

मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेशको कार्य सम्पादन समितिको आज ललितपुरमा सम्पन्न बैठकले बागमती प्रदे...

शेखर र सुजाता एकै ठाउँमा - दाजुबहिनीले दिए एकताको सन्देश [फोटो/भिडियो]

दुर्गा आचार्य | साउन ४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर क...

सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा

इकागज | साउन ४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई स...