निवर्तमान गृहमन्त्री लामिछानेले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजे : विश्वप्रकाश शर्मा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गृह मन्त्रालयले विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानेले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको समेत बताए ।
उनले लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरिएको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाविरुद्धको फाइल खोजिएको र त्यो पनि निराधार पुष्टि भएको धारणा राखे । शर्माले विभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए ।