एमालेको पोलिटब्यूरो बैठक

ओलीले वर्तमान अवस्था समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने

इकागज | भदौ ९, २०७९

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेदवारको छनाेटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस गर्ने लगायतका केन्द्रीय कमिटीका एजेण्डा तय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै संगठित सदस्यहरुको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेश गर्ने लगायतका एजेण्डा समेत तय भएको उनले बताए ।

बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो भने १५ जना पोलिटब्युरो सदस्यहरुले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिए । गुरुङले पार्टीको नीति सिद्धान्त र कार्यक्रममा प्रतिबद्धता रहेको, कुनै पनि व्यक्तिले पार्टीको आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चिता तथा संविधानमा व्यवस्था भएको समानुपाती सहभागितालाई आधार बनाएर उम्मेदवारको मापदण्ड तय गरिने जानकारी दिए ।

मापदण्डलाई अन्तिम रुप केन्द्रीय कमिटीले दिने उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार बस्ने तय भएको छ । 

एमाले बैठकमा फेरि वाम एकताको प्रस्ताव, प्रत्यक्षमै १५० सिट जित्‍ने घनश्यामको दाबी

इकागज | भदौ ९, २०७९

काठमाडौँ- नेकपा एमाले पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालय...

अध्यक्षद्वय भट्टराई र यादवको नेतृत्वमा घोषणा पत्र लेखन र निर्वाचन परिचालन समिति गठन

इकागज | भदौ ९, २०७९

काठमाडौँ - नेपाल समाजवादी पार्टीले अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको...

नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरूसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई

इकागज | भदौ ९, २०७९

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली से...

माधव नेपालको पछि लागेर पछुतो लागेको भन्दै समाजवादीका सुदूरपश्चिम अध्यक्षले त्यागे पार्टी

इकागज | भदौ ९, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीले दलत्याग गरेका छन् । एमाले विभाजन...

गठबन्धन दलले एक दुई दिनभित्रै सिट बाँडफाँडको टुंगो लगाउँछ : देव गुरुङ

इकागज | भदौ ८, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लाग...

प्रमुख प्रतिपक्षी दललाई निषेध गर्न खोजेकोमा देउवासँग ओलीको आपत्ति

इकागज | भदौ ८, २०७९

काठमाडौँ - निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोग, नागरिकता विधेयकलगायतका ...