कसैको निम्ति भर्‍याङ हुन चाहँदैनौँ, उब्रिएको सिट हामीलाई दिने कुरा स्वीकार्य हुन्‍न : माधव नेपाल

इकागज | भदौ १५, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचननमा गठबन्धन दलहरूले बाँकी रहेका सिटमात्रै आफूहरूलाई दिने कुरा स्वीकार्य नहुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा युवा संघ नेपालले ‘महाकाली–मेची युवा जागरण अभियान–२०७९’को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा उब्रिएको सिट मात्रै आफूहरूलाई दिने कुरा स्वीकार्य नहुने बताएका हुन् ।

गठबन्धन बनाउन आफ्नो पार्टीले खेलेको भूमिकालाई नजरअन्दाज नगर्न उनले चेतावनी दिए। दुवै पक्षलाई फाइदा हुन गठबन्धन गरिएको भन्दै आफूहरूलाई फाइदा नभए कसैको निम्ति भर्‍याङ नबन्ने स्पष्ट पारे ।

‘चुनावमा पाँचदलीय गठबन्धन सँगसँगै हातेमालो गर्दै हामी अघि बढौँ भन्ने हाम्रो चाहना हो । गठबन्धनमा हामीले खेलेको भूमिकालाई कसैले पनि नजरअन्दाज नगरुन्,’ उनले भने, ‘जम्मै सिट आफूले लिने अनि उब्रिएको सिट हामीलाई दिने कुरा हामीलाई स्वीकार्य हुन सक्दैन । गठबन्धनमा दुवैलाई फाइदा हुन्छ भने हुन्छ । हुँदैन भने कसैको निम्ति हामी भर्‍याङ हुन चाहँदैनौँ ।’

संकटको बेलामा साथ दिने सहयात्रीलाई अवमूल्यन गर्नु नहुने उनको भनाइ थियो । 

हारमा 'ह्याट्रिक' गरेका ‘नाति जर्नेल’ले यसपालि चुनाव जित्लान् ?

किशोर बुढाथोकी | भदौ १५, २०७९

काठमाडौँ - पञ्चायतकालदेखि नै चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्...

प्रचण्डले भने- चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ

इकागज | भदौ १३, २०७९

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बत...

माओवादीको अवस्थाबारे प्रचण्डले भने- काठमाडौं उपत्यकामा नाजुक, अन्यत्र राम्रै छ

इकागज | भदौ १३, २०७९

काठमाडौं - नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौं उपत्यकामा पार्टीको अवस्...