चोलेन्द्रको बयान आफ्नो पक्षमा नभएपछि सरकारले रोक्ने प्रयास गर्‍यो : पोखरेल

इकागज | भदौ १९, २०७९

कैलाली- नेकपा एमाले महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ खुल्दै गएको दाबी गरे ।

महासचिव पोखरेलले देशको अर्थतन्त्रको एक वर्षअघि र अहिलेको अवस्थाका बारेमा चर्चा गर्दै गठबन्धन सरकारको एक वर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा नरहेको बताए ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिँदा जे कुरा बाहिर आएका छन्, त्यसले परमादेशको रहस्य खुल्दै गएको उनको भनाइ छ ।

‘एमाले र यसका अध्यक्ष केपी ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चे नक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिन पाँचदलीय गठबन्धन जन्माइएको हो,’ उनले भने, ‘फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको तर त्यो चाहना एमालेको सरकारले पूरा हुन नदिएको, विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरु अगाडि सारेको मन नपराएकाहरुले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’ 

पोखरेलले जबराको बयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले बयान रोक्ने प्रयास गरेको आरोप लगाए । महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौ रोकेर नयाँ नजिर बनाएको उनले बताए ।

मोरङमा एमालेबाट चार मन्त्रीसहित ६ सांसद दोस्रो कार्यकाललाई पनि आकांक्षी

बाबुराम भण्डारी | भदौ १९, २०७९

विराटनगर- मोरङको ६ वटा निर्वाचन क्षेत्र अन्तरगत प्रदेशसभाका १२ वटा क्षेत्रमा नेकपा एमालेबाट प्रदेशको सरका...

जुम्ला कांग्रेसले सिफारिस गर्‍यो ५३ जनाको नाम, सेजुवाल प्रत्यक्ष र समानुपातिक दुवैतर्फ

इकागज | भदौ १९, २०७९

जुम्ला- नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम केन्द्रमा प...

केन्द्रीय समितिको बैठकमा बिजुक्छेको ब्रिफिङ : चुनावमा भाग लिने तर सरकारमा नजाने

इकागज | भदौ १९, २०७९

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे आगामी निर्वाचनमा पनि नेमकिपाले भ...

गठबन्धनमा सिट बाँडफाँटको सकस : धमाधम उम्मेदवार सिफारिस गर्दै कांग्रेस, कहाँबाट को ?

दुर्गा आचार्य | भदौ १८, २०७९

काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकसबीच नेपाली कांग्रेसले देशभरबाट उम्मेदवारक...

इलाममा कांग्रेसको तर्फबाट क्षेत्र नम्बर  २ मा भेषराज पहिलो नम्बरमा सिफारिस

इकागज | भदौ १८, २०७९

काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैँ गर्दा दलहरुले उम्मेद्वार सिफारिस गरेका छन् । नेप...

राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाएसम्म देश समृद्धिको बाटोमा जाँदैन : डा शेखर

इकागज | भदौ १८, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाए सम्म देश सम...

कार्यकर्तालाई ओलीको निर्देशन- गँड्यौला जस्तो होइन, सर्पजस्तो डस्‍न तयार हुनुस्

इकागज | भदौ १८, २०७९

विराटनगर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ताहरूलाई गँड्यौलाजस्तो नबन्न निर्देशन दिएक...

उम्मेदवार बन्‍न काठमाडौँ धाउने प्रवृत्ति नदेखाउन कार्यकर्तालाई माधव नेपालकाे सुझाव

इकागज | भदौ १७, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आसन्न निर्वाचन तयारीका लागि जनताको घरद...

मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

इकागज | भदौ १७, २०७९

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेला...

जिल्ला समितिलाई राप्रपा नेपालको निर्देशन- २१ गतेभित्र उम्मेदवार सिफारिस गर्नू

इकागज | भदौ १७, २०७९

काठमाडौं - राप्रपा नेपालले भदौ २१ गतेभित्र संघ र प्रदेशको प्रत्यक्ष-समानुपातिक उम्मेदवारको नामावली सिफार...