सिंहदरबारकै कारण संघीयतामाथि प्रश्‍न उठ्ने गरेको छ : डोरमणि पौडेल

इकागज | भदौ २०, २०७९

काठमाडौँ - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । हेटौँडामा सोमबार भएको संघीयता सबलीकरणसम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने बताएका हुन् ।  

‘समस्या माथि छ । सिंहदरबार अधिकार दिन चाहँदैन । सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ,' उनले भने, 'हामीमाथि सिंहदरबारमा बस्ने कार्यालय सहयोगी ठूलो हुन्छ । तर प्रदेश स्थानीय तहका सचिव केही पनि होइनन् भन्ने मानसिकताले काम गरेको छ । अनि प्रदेशले काम गर्न सकेन भनेर आलोचना भइरहैको छ ।' 

संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको उनको गुनासो थियो । उनले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सबल बनाउन नचाहिरहेको दाबी गरे । 'संविधानमा भएको एकल अधिकार स्थानीय र प्रदेश सरकारले पाइरहेका छैनन् । सरकारले कानुन बनाउँदैन । कानुन नबनाई काम गर्न पाउँदैनौँ,' उनले भने, 'प्रदेश सरकार र स्थानीय सरकारले कानुन बनायो भने पनि संघीय सरकारले नबनाईकन लागू पनि हुँदैन। संघीय सरकारले बनाएको कानुनसँग बाझियो भने स्वतः खारेज हुन्छ । यो अवस्थामा हामी छौँ । यो किन भइरहैको छ त भन्दा संघीय सरकार मुलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन ।’

उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गरे । संघीयता आउनेवित्तिकै दिल्लीका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उनले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलै दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गरे । 

‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ,' उनले भने । 

उनले संघीय प्रणाली आफैँमा नकारात्मक नभए पनि केही वुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगालगाए ।

कांग्रेस संखुवासभाले गर्‍यो प्रतिनिधिसभा सदस्यका लागि आठ जनाको नाम सिफारिस

इकागज | भदौ १९, २०७९

संखुवासभा - नेपाली कांग्रेस सङ्खुवासभाले प्रतिनिधिसभा सदस्यका लागि आठ जनाको नाम सिफारिस गरेको छ । नेप...

गच्छदार र आलमको मुद्दा विचाराधीन रहेकाले कार्यकर्तालाई उम्मेदवारी सिफारिस गर्नबाट रोक्न मिलेन : महत

इकागज | भदौ १९, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले विजय कुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दा अद...

झापामा तीन निर्वाचन क्षेत्रमा संघीय सांसदका लागि एक/एक जनाको नाम सिफारिस

इकागज | भदौ १९, २०७९

झापा - आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको ...

घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सर्वसाधारणसँग माग्‍यो एमालेले सुझाव

इकागज | भदौ १९, २०७९

काठमाडौँ- नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषयबारे...