पाँचदलीय गठबन्धन बिचित्रको : डा. शेखर

इकागज | भदौ २३, २०७९

जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राखेका छन् । । 

नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताए । 

नेता कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको, विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन भएको भन्दै गठबन्धनका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको बताए । 

एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे । नेता डा कोइरालाले भने, “यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ ।” कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न पनि कांग्रेस पार्टीलाई प्रत्यक्षतर्फ मात्र एक सय सिट आवश्यक पर्ने उनको तर्क थियो । 
 

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ, त्यसैले गठबन्धन आवश्यक छ : मोहनविक्रम सिंह

इकागज | भदौ २३, २०७९

धनगढी- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अप...

सिट बाँडफाँटमा जुटेन सहमति, कार्यदलले असहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने

इकागज | भदौ २३, २०७९

काठमाडौँ - पाँच दलीय सत्तागठबन्धनको सिट बाँडफाँड कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने भएक...

गठबन्धन कार्यदलले हालसम्म भएका सहमत्ति र असहमत्तिबारे भोलि प्रतिवेदन बुझाउने

इकागज | भदौ २२, २०७९

काठमाडौँ - पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनक...

पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई प्रचण्डले पुल्पुल्याए : शर्मा

इकागज | भदौ २२, २०७९

काठमाडौँ - अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा...

सामाजिक सुरक्षा लागुका लागि रोजगारदाता इमान्दार बन्नुपर्छ- वरिष्ठ उपाध्यक्ष यादव

इकागज | भदौ २२, २०७९

काठमाडौँ  - नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले योगदानमा आधारित सा...

पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने प्रचण्डको चाहना

इकागज | भदौ २२, २०७९

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो चाहना पार्टीमा राम्रा उत्तराधिकार...