गठबन्धन राष्ट्रिय आवश्यकता हो: शशांक कोइराला

इकागज | भदौ २४, २०७९

कावासोती- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । 

आज नेपाली कांग्रेस नवलपुरले यहाँ आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा सहभागी हुन आएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन् । कोइरालाले भने, 'नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो ।'

कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए ।
    
फरक प्रसङ्गमा कोइरालाले अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा बिपीले स्थापना गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता बढ्दै गएको बताए । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउनसमेत कोइरालाले अपिल गरे ।

गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरुप अघि बढेको छ : रामचन्द्र पौडेल

इकागज | भदौ २४, २०७९

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरुप अघि बढेको बत...

गठबन्धनलाई सँगै लिएर नजाने हो भने कांग्रेस एक्लै चुनाव लड्ने अवस्था छैन: उपसभापति खड्का

इकागज | भदौ २४, २०७९

भक्तपुर- नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलबीच अझै...

नेपालको प्रधानमन्त्री, मन्त्री को हुनुपर्छ विदेशीहरूको चासोको विषय बनेको छ : लिङ्देन

इकागज | भदौ २४, २०७९

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको योज...

राम्रा प्रतिनिधि चयन गर्दा कस्तो हुन्छ भन्‍ने काठमाडौँमा- १ ले देखाएको छ : प्रकाशमान सिंह

इकागज | भदौ २४, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताएका छन्...

पाँच वर्ष सरकार होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ : महामन्त्री शर्मा

इकागज | भदौ २४, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नवीन बनाउनु...

प्रचण्डको प्रष्टोक्ति- म प्रधानमन्त्रीको 'रेस'मा छैन, गठबन्धनमा छलफल पनि भएको छैन

इकागज | भदौ २४, २०७९

काटठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधा...

सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि शीर्ष नेताले छलफल गर्ने

इकागज | भदौ २४, २०७९

काठमाडौँ - सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास &n...

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव

इकागज | भदौ २३, २०७९

पर्सा - जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सि...