मैले प्रचण्डलाई अँगालो हालेँ, उनले छुरा रोपे : केपी ओली

इकागज | भदौ ३०, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसावले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताएका हुन् । मुलुकलाई शान्ति र स्थिरता तथा विकासको बाटोतर्फ अघि बढाउन अबको निर्वाचनमा एमालेले हार्न नहुने उनकाे जिकिर छ ।

ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अब यसलाई रोक्नुपर्ने धारणा राखे । एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाइ छ । अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरू मध्ये कसैले पनि एक्लाएक्लै चुनाव लड्ने आँट गर्न नसकेको तर्क गरे ।

उनले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफूलाई नै साधारण सदस्यबाट निष्कासन गरेको बताए । कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका दिएको उनको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका नेता यमबहादुर परियारलगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए ।

चुनावको मुखमा माओवादीका केन्द्रीय सदस्य परियार एमाले प्रवेश

इकागज | भदौ ३०, २०७९

चितवन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर ...

आगामी निर्वाचनमा माओवादी पहिलो कम्युनिष्ट पार्टी बन्‍छ : प्रचण्ड

इकागज | भदौ ३०, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभ...

भौतिक मन्त्रीको चेतावनी - निर्माण कार्य अधुरो छाड्नेलाई कारबाही हुन्छ

इकागज | भदौ २९, २०७९

बाँके - भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनी...

नयाँ कार्यकालका लागि समानुपातिक सूची तयार गर्दा पुरानो सूची स्वत: निष्कृय हुने

इकागज | भदौ २९, २०७९

काठमाडौँ - निर्वाचन आयोगले आगामी निर्वाचनको नयाँ कार्यकालका लागि समानुपातिक सूची तयार गर्दा पुरानो सू...

नेपालमै उत्पादित सामग्रीहरु सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्रमा सुधार हुन्छः गगन थापा

इकागज | भदौ २९, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्रीहरु सरकारी कार्यालयमा प्...