एमाले केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

इकागज | भदौ ११, २०७९

काठमाडौँ- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले  जानकारी दिए । आजको बैठकमा हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर सुझाव दिनेछन् ।

समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ । समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने छ । रासस

'एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्‍ने षड्यन्त्रलाई असफल बनाएरै छाड्छाैं'

इकागज | भदौ १०, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षड्यन्त्रलाई असफ...

मेयर साम्पाङको प्रशंसा गर्दै प्रचण्डले भने- माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ

इकागज | भदौ १०, २०७९

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पा...

मेयर बालेनलाई रामकुमारी झाँक्रीको सुझाव - म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

इकागज | भदौ १०, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुरमारी झाँक्रीले आफू काठमाडौँ महानगरपालिका मेयर बाले...

गठबन्धनमा कांग्रेसको एक सय सिटमा दाबी, माओवादी, समाजवादी र जसपाको कति ?

इकागज | भदौ ९, २०७९

काठमाडौँ - पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धन...

महासचिव गुरुङको कार्यकर्तालाई निर्देशन - माओवादीले गरेका काम जनताको घरदैलोमा पुगेर बुुझाउनु

इकागज | भदौ ९, २०७९

गण्डकी - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा...