फोटो फिचर

टुँडिखेल र पाटनमा यस्ताे देखियाे घाेडेजात्रा (फाेटाेफिचर)

इकागज | चैत ७, २०७९

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा विशेष प्रदर्शनी भएको छ । पाटनमासमेत याे पर्व मनाइएकाे छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएकाे हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनैपनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।

टुडिखेलमा आयोजित विशेष समारोहमा घोडाका बिभिन्न खेललगायत विशेष प्रदर्शनी भएको हो ।

टुडिखेलकाे समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको विशेष उपस्थिति रहेको थियो ।

 

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग विश्वकप छनोटमा पुगेको क्रिकेट टिम (फोटो फिचर)

इकागज | चैत ३, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  ...

प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्डलाई (फोटो फिचर)

इकागज | चैत १, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरुले भेट गरेका छन् । बुधबार बालुवाटारस्थि...

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्ता गठबन्धनको बैठक सुरु (तस्बिरहरू)

इकागज | फागुन २७, २०७९

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ब...