कोशी प्रदेश

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मन्त्री मेन्याङ्बोलाई

इकागज | जेठ १८, २०८०

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जसपाकी निर्मला लिम्बुको राजीनामापछि खाली भएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोलाई दिएका छन् ।

बुधबार लिम्बुले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन बनेको थियो । लिम्बुले बुधबार नै मुख्यमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाएकी थिइन् । 
मुख्यमन्त्री कार्कीले पनि खाली भएको मन्त्रालयको कार्यभार बुधबार नै मन्त्री मेन्याङ्बोलाई तोकेका थिए । मन्त्री पदबाट राजीनामा दिएकी लिम्बु र मन्त्रालयको जिम्मेवारी सम्हालेका मेन्याङ्वो दुवै ताप्लेजुङवासी हुन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री मेन्याङ्बोले बिहीबार मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । उनलाई मन्त्रालयकी सचिव डा.सुधा देवकोटा लगायत मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए ।

कोशीमा नयाँ सरकारबारे अन्योलमा गठबन्धन , केन्द्रको निर्णय कुर्दै माओवादी र कांग्रेस

उपेन्द्र अर्याल | जेठ १८, २०८०

काठमाडौँ– केन्द्रको गठबन्धनअनुसार छवटै प्रदेश सरकार गठन भए पनि कोशी प्रदेशमा भने पुरानै सरकारले ...

सुनसरी प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान सेवनमा लगायो प्रतिबन्ध

इकागज | जेठ १८, २०८०

काठमाडौँ- सुनसरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध...

भारतकाे बथनाहाबाट हिँडेको कार्गाे रेल विराटनगर आइपुग्याे (फाेटाेहरू)

बाबुराम भण्डारी | जेठ १८, २०८०

काठमाडौं– भारत बिहारको बथनाहाबाट हिँडेको कार्गाे रेल विराटनगर आइपुगेको छ । विराटनगरस्थित भन्सा...

२०८०/८१ काे बजेट : व्यापारमा सकारात्मक, उद्योग पूर्वाधारमा लगानी बढाउन असफल

बाबुराम भण्डारी | जेठ १८, २०८०

विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड...

एमाले नेतृत्वको कोशी सरकारबाट बाहिरियो जसपा, मन्त्री निर्मला लिम्बुले दिइन् राजीनामा

बाबुराम भण्डारी | जेठ १७, २०८०

विराटनगर- नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी औपचारिक रूपमा बाहिरिएको छ ...

नामकरणमा असन्तुष्ट पक्षलाई कोशी सरकारद्वारा वार्ताका लागि आव्हान

बाबुराम भण्डारी | जेठ १६, २०८०

विराटनगर -  कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका जातीय पहिचान पक्षधर समूहहरुलाई कोशी प्रदेश सरकार...