जेठ १४ मा बजेट अधिवेशन बोलाउने कोशी प्रदेश सरकारको निर्णय

इकागज | जेठ ८, २०८०

विराटनगर- कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुख परशुराम खापुङलाई बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय सोमबार नै जानकारीका लागि पठाइसकेको कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

प्रदेश प्रमुख खापुङले प्रदेश अधिवेशन आह्वान गरेको जानकारी कोशी प्रदेशको प्रदेश सभालाई जानकारी गराएपछि प्रदेश अधिवेशन सुरु हुनेछ । अधिवेशनले पूर्व बजेट छलफल प्रारम्भ भई सरकारको नीति तथा कार्यक्रम पेस हुने छ । त्यस्तै बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट सरकारले पेस गर्ने छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संशाेधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेश सभामा पेस गर्ने निर्णय गरेको प्रवक्ता सिटौलाले बताए ।

दुवै अध्यादेश गत बैठक १४ गते कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले जारी गरेका थिए ।
 

सरकार छाड्न जसपा र माओवादी केन्द्रलाई कांग्रेसकाे पत्र

विराटनगर- १० दलीय केन्द्रीय गठबन्धनको भावना अनुसार कोशी प्रदेश सरकार ढाल्ने अनेकौं योजना अहिलेसम्म असफल...

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई नहटाउन उच्च अदालतको अल्पकालीन आदेश

इकागज | जेठ ५, २०८०

विराटनगर- बर्खास्तीमा परेका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट नहट...