कोशी प्रदेश सभाको बैठक बुधबार बोलाइयो

इकागज | जेठ २८, २०८०

विराटनगर- अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ । सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका लागि स्थगित गरेको प्रदेश सभा बैठक जेठ ३१ गते बुधबारका लागि बोलाइएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले निकालेका हुन् ।

६ वटा प्रदेशको नीति तथा कार्यक्रम आइसक्दा कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । सरकारले गत बुधबार नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहँदा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसका कारण सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटलाई प्रदेश सभाबाट पारित गरेर लैजाने विषयमै जटिलता र द्विविधा उत्पन्न भएको छ ।

नीति तथा कार्यक्रम र बजेटको मुखमा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिँदा कोशी प्रदेशमा आगामी आर्थिक वर्षको वित्तीय व्यवस्थापन प्रभावित भई सरकारले गर्ने कुनै पनि खर्च लेख्न नसक्ने अवस्था आउन सक्ने अर्थविदहरूले प्रतिक्रिया दिएका छन् ।

माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रमलाई छलेर बजेट भने अध्यादेशबाट ल्याउनसक्ने आशंका भइरहेको बेलामा बुधबारका लागि प्रदेश सभाको बैठक बोलाइएको हो । उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट पेस हुने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।

उनले नीति तथा कार्यक्रम ल्याउने मुखैमा पुगेको बेलामा माओवादी केन्द्रले सरकार छाडेपछि सरकारले आवश्यक परामर्श र छलफलमा व्यस्त रहनु परेको र केही ढिला गरेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने बाध्यात्मक अवस्था बनेको बताए । नीति तथा कार्यक्रम पेस भई पारित समेत हुने र बजेट पनि असार १ मै आउने र पारित पनि हुने उनले दाबी गरे ।

‘माओवादी सरकारबाट बाहिरिएपछि नीति तथा कार्यक्रम र बजेटको तयारीमा समस्या भयो, अब सरकारले ३१ गते नीति तथा कार्यक्रम ल्याउँछ,’ प्रमुख सचेतक भण्डारीले भने, ‘फेल भयो भने सिंगो प्रदेश सभा र सबैमाथि प्रश्न उठ्छ, समर्थन समर्थन फिर्ता लिनु भएको छ वहाँहरूले बजेटको सिस्टम फेल गर्ने कुरामा जानुहुन्न भन्ने हामीलाई विश्वास छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि प्रदेश सभामा संवैधानिक व्यवस्था अनुसार नै विश्वासको मत लिने उनले स्पष्ट पारे ।

एमालेलाई नफकाएसम्म कोशी प्रदेशको पुनःनामकरण हुँदैन : मन्त्री राजभण्डारी

इकागज | जेठ २७, २०८०

विराटनगर- कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश सरकारद्वारा नामकरणसँग असन्तुष्ट पक्षसँग वार्त...

उपसभामुख र दलका उपनेतामाथि भएको आक्रमणको एमाले संसदीय दलद्वारा भर्त्सना

इकागज | जेठ २५, २०८०

विराटनगर- पहिचानवादी समूहको नाममा दल सम्बद्ध नेता कार्यकर्ताहरूकै संलग्नतामा उपसभामुख सृजना दनुवारमाथि...

मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’काे नक्सा राख्ने

इकागज | जेठ २५, २०८०

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा भारतलाई काउन्टरस्वरूप &l...

काेशी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग, आफ्नै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस ढुक्क

बाबुराम भण्डारी | जेठ २४, २०८०

विराटनगर । माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मन्त्रीहरुले समेत राजीनामा गरिसकेपछि प्रदेश सभा निर्वाचनक...