राजनीति

मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’काे नक्सा राख्ने

इकागज |
जेठ २५, २०८० बिहिवार १५:२९ बजे

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा भारतलाई काउन्टरस्वरूप ‘ग्रेटर नेपाल’को नक्सा राख्ने भएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै साम्पाङले नक्सा राख्ने बताएका हुन् । साथै उनले अरुलाई पनि नक्सा राख्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, 'धरान उपमहानगरपालिकाको कार्यकक्षमा पनि 'ग्रेटर नेपाल' को नक्सा छिट्टै राखिने छ । तपाईंहरू पनि आफ्नो घर, कार्यालय, सामाजिक सञ्जालतिर यो नक्सा राख्नुहोस् ।' 


आजै काठमाडौँ महानगरका मेयर बालेन शाहले भारतले नेपाली भूमि समेटेर हालै जारी गरेको ‘अखण्ड भारत’ नामक नक्साको विरोधस्वरूप आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए ।

‘ग्रेटर नेपाल’ नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलसम्मको भूमि समावेश गरिएको छ । 

भारतको हालै नवउद्घाटित संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ । भारतको यस कदमको अहिले नेपालमा व्यापक विरोध भइरहेको छ ।

 


Author

थप समाचार
x