जनकपुरधाममा प्रहरी र फुटपाथ व्यापारीबीच झडप : दश घाइते, ९ जना पक्राउ

सुभाष कर्ण | भदौ ३, २०७९

जनकपुरधाम- मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा प्रहरी र फुटपाथका साना व्यापारीबीच झडप भएकाे छ । साे झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

ट्राफिक समस्या र सरसफाई अन्तर्गत उपमहानगरपालिकाले फुटपाथ पसल गर्नेहरूलाई हटाएपछि उनीहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

गत दुई साताअघि जानकी मन्दिर वरिपरिबाट हटाइएका फुटपाथ व्यापारीहरूले कृष्णाष्टमीको अवसरमा फूलमाला, चन्दन र प्रसादीसहित पूजा सामग्रीलगायतका केही पसल थापेपछि नगर प्रहरीले तिनीहरूको सामान फालेर हटाएपछि झडप भएको थियो ।

झडप पश्चात पीडित व्यापारीहरूले सडक जाम गरेर आन्दोलनमा उत्रेपछि जिल्ला प्रहरी कार्यालयबाट दर्जनाैँको संख्यामा आएका प्रहरीले गरेको लाठी चार्जबाट १० फुटपाथ व्यापारीहरू घाइते भएका छन् भने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।  

झडपबारे आन्दोलनका नेतृत्वकर्ता सुशील कर्णले उपमहानगरको निर्णयलाई मान्दा मान्दै पनि  प्रहरीले दमन गरेकाे बताए । उनले भने, 'फुटपाथ खाली गराउने उपमहानगरको निर्णयलाई हामीले मानेका छौं तर, सयौं व्यक्तिको जीविकोपार्जनको कुरा रहेकाले व्यवस्थापनको माग गरेपछि प्रहरीले ज्यादती गर्दै दमन गरेको हो ।'

नियन्त्रणमा लिएका साना व्यापारीलाई निःशर्त रिहाइ र आफूहरूलाई तत्काल व्यवस्थापन नगरिए नगरको बजार बन्द तथा चक्काजाम र उपमहानगरपालिका सहित मेयर मनोज साहको घरसमेत घेराउ गरी कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

फुटपाथ पसलका कारण घण्टौँ ट्राफिक जाम, दुर्घटना र नगर फोहोर हुने गरेको भन्दै जानकी मन्दिर वरिपरि फुटपाथ पसल थाप्दै आएका फूल, माला, चन्दन र प्रसादीलगायतका व्यापारीलाई उपमहानगरपालिकाले दुई साताअघि नै हटाएको थियो । त्यस दिनदेखि उनीहरूले व्यवस्थापनका लागि माग गर्दै आइरहेका हुन् ।

पक्राउ पर्नेहरूमा किसन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायत ९ जना रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यता उपमहानगरपालिकाका मेयर साहले फुटपाथ पसलका कारण मन्दिरको सौन्दर्यतामा कमी र ट्राफिक जामले गर्दा श्रद्धालुलाई समस्या भइरहेकाले उनीहरूलाई हटाउनु परेकाे बताए । उनले फुटपाथ व्यापारीहरूकाे व्यवस्थापन गर्ने तर हाल भने त्याे सम्भव नरहेको पनि दाेहाेर्‍याए । 

अवैध रुपले बालुवा, गिट्टी उत्खनन् गर्ने ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

इकागज | भदौ ३, २०७९

जनकपुरधाम । धनुषा प्रहरीले अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गरेको आरोपमा ६ वटा सवारी साधनहरूलाईे निय...

मधेश प्रदेशमा सवारीसाधन कारबाहीबाट २२ करोड भन्दा बढी राजश्व संकलन

इकागज | भदौ १, २०७९

जनकपुरधाम - मधेश प्रदेश ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीबाट गएको आर्थिक वर्षमा २२ करोडभन्दा बढी राजश्व...

जनकपुर उपमहानगरका उपसचिवसहित चार कर्मचारी भ्रष्टाचारी ठहर

सुभाष कर्ण | भदौ १, २०७९

जनकपुरधाम - विद्युतीय सामग्री अनियमितता मुद्दामा विशेष अदालतले जनकपुर उपमहानगरपालिकाका तत्कालीन प्रमुख...

निहारिका बलात्कार आरोप लागेका श्रेष्ठलाई दुर्व्यवहार मुद्दा, थुनामा राख्न आदेश

सुभाष कर्ण | भदौ १, २०७९

जनकपुरधाम - निहारिका राजपुत (सोनाली सिंह) बलात्कार आरोपित भनिएका शिवराज श्रेष्ठलाई थुनामा राख्न आदेश ...

प्रधानमन्त्रीकाे माैखिक आश्वासनमा मधेश सरकारकाे आन्दाेलन स्थगित

सुभाष कर्ण | साउन ३१, २०७९

जनकपुरधाम । संघीय सरकारविरूद्ध प्रहरी समायोजनको माग गर्दै आन्दाेलनरत मधेश प्रदेश सरकार माैखिक आश्व...