नक्कली मोही कायम गरी रकम भुक्तानी गराएको आरोप

धनुषाका तत्कालीन प्रजिअ, गुठी संस्थानका प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ १५, २०७९

जनकपुरधाम - सेनाका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जामा नक्कली मोही कायम गरी रकम भुक्तानी गराएको आरोपमा प्रमुख जिल्ला अधिकारी र गुठी संस्थानकै कर्मचारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेनाको क्याम्पका लागि छुटयाइएको जग्गामा नक्कली मोही कायम गराएर भुक्तानी गराउने धनुषाका तत्कालीन प्रजिअ, गुठी संस्थान जनकपुरधामका तात्कालीन प्रमुखसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवम् मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान जनकपुरधामका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोज शर्मा, वरिष्ठ लेखा सहायक समेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

उनीहरूले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले बिगोसहित सजाय मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

धनुषाका तत्कालीन प्रजिअ गौतमले गुठी संस्थानको खातामा भुक्तानी हुनुपर्ने १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ प्रचलित कानूनी व्यवस्था विपरीतका विभिन्न व्यक्तिलाई नक्कली मोही कायम गराई बदनियतसाथ मुआब्जा भुक्तानी गराएकोले सो रकम बिगोसहित कैद सजायको माग दाबी गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।

तत्कालीन प्रजिअ गौतमलाई १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे अनुसार सोही ऐनको दफा ३(१) बमोजिम जरिवाना गरी ऐनको दफा ३(१)(झ) बमोजिम कैद सजाय हुन र उक्त बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर गर्न माग गरिएको छ ।

त्यस्तै, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोज कुमार शर्मा भनिने मनोज कुमार आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले गुठी संस्थानको खातामा भुक्तानी हुनुपर्ने १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ प्रचलित कानुनी व्यवस्था विपरीत र मोही कायम गराई भुक्तानी गराएकोले यी आरोपितहरुलाई पनि बिगो रकम सहित कैद सजायको माग गरिएको छ ।

हुनै नसक्ने व्यक्तिहरु गायत्री देवी जयसवाल र सूर्यनारायण लाल कर्णलाई मोही कायम गरी बनियतसाथ मुआब्जा भुक्तानी गरेको प्रवक्ता पाण्डेले बताए ।

नक्कली मोही बनेर मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन जयसवालले नक्कली मोहीयानी हकका प्रमाणपत्रका आधारमा मुआब्जा दावी गरी गैरकानूनी रुपमा भुक्तानी लिई गुठी संस्थानलाई ८९ लाख ८३ हजार ३३४ रुपैयाँ हानि नोक्सानी गराएकोले सो रकम बिगो सहित असुल गर्नुपर्ने कैद सजायको माग अख्तियारले गरेको छ ।

गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन प्रमुख राजबाबु पाण्डे, मनोज कुमार आचार्य एवं हरिचन्द्र भुसाल र निजहरुसँग मिलेमतो गरी मुआब्जा भुक्तानी लिने गायत्रीदेवी बीच विचौलियाको भूमिका निर्वाह गर्ने प्रतिवादी सुमनकान्त ठाकुरले गुठी संस्थानलाई ८९ लाख ८३ हजार ३३४ रुपैयाँ हानिनोक्सानी गराएको आरोप पुष्टि हुन आएकोमा सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

प्रतिवादीहरु उपेन्द्रलाल कर्ण कायस्थ तथा मनोजलाल कर्णले प्रचलित कानुनी प्रक्रिया विपरीत सिर्जित भएका र कुनैपनि सरकारी कागजातले आफूहरु हकवाला÷नाता पुष्टि नहुने बनावटी मोहीयानी हकका प्रमाणपत्र पेश गरी सोको आधारमा सूर्यनारायण लालकर्णलाई मुआब्जा दावी गर्न लगाई मुआब्जा बुझ्न मञ्जुरीनामा दिएर गैरकानुनी रुपमा गुठी संस्थानलाई २४ लाख ८३ हजार ३३३ रुपैयाँ हानि नोक्सानी गराएकोले उनीहरुसँग पनि बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ ।

गायत्रीदेवी जयसवालले गैरकानूनी रुपमा भुक्तानी लिएको मुआब्जा रकम गुठी संस्थानको नाममा फिर्ता गरीपाउँ भनी उच्च अदालत जनकपुरमा दायर भएको मुद्दामा अदालतबाट जारी म्याद सूचना गलत ठेगानामा पठाएर अधिकार प्राप्त अधिकारी जिल्ला प्रशासन कार्यालयमा पुग्न नसक्दा अदालती कारवाहीका सरकारी कागजात नष्ट पार्ने कार्य गरेको भनी जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार डि.हविव साह, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय गर्ने प्रमोद कुमार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको प्रवक्ता भण्डारीले बताए ।

भासिएको कमला पुल १४ महिनामा पनि बनेन, सास्ती भोग्दै स्थानीय

सुभाष कर्ण | भदौ १३, २०७९

जनकपुरधाम- भासिएको १४ महिनादेखि हुलाकी राजमार्ग अन्तर्गत धनुषा र जिल्ला जोड्ने मार्गमा रहेको कमला नदी अ...

मुआब्जाको माग गर्दै पीडितहरूले दिए रेलवे विभागको कार्यालयमा धर्ना

इकागज | भदौ १२, २०७९

जनकपुरधाम - उचित मुआब्जाको माग गर्दै जग्गा अधिग्रहणमा परेका पीडितहरु जनकपुरधामस्थित रेल्वे विभागको कार्य...

सकिन लाग्याे कार्यकाल, मधेश प्रदेशको तीन विधेयक हुन सकेन पारित

सुभाष कर्ण | भदौ १०, २०७९

जनकपुरधाम । मधेश प्रदेश सभाको कार्यकाल सम्पन्न हुन लाग्दा पनि ३ वटा विधेयक पारित नभई विषयगत समितिमा वि...