नवौ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ मधेश प्रदेशबाट १५ खेलाडी छनोट

इकागज | असोज ४, २०७९

जनकपुरधाम । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि कुस्ती प्रतियोगितातर्फ मधेस प्रदेशबाट पाँच महिलासहित १५ जना खेलाडी छनोट भएका छन् । मंगलवार जनकपुरधाम स्थित कवर्ड हलमा सम्पन्न छनौट प्रक्रियाको फाइनल खेलमा विभिन्न समूहका महिलातर्फ ५ र पुरुषतर्फ १० जना गरी १५ खेलाडी छनौट भएको हो ।

पुरुषतर्फ छनोट हुनेहरुमा ५७ केजीमा बाराका अमरेन्द्र यादव, ६१ केजीमा अमरेश कुमार यादव, ६५ केजीमा अर्जुन कुमार साह, ७४ केजीमा मुक्तार आलम, ७९ केजीमा बुनिलाल राउत र १२५ केजीमा राज यादव रहेको जनाइएको छ ।

त्यस्तै ७० केजीमा पर्साका मनोज यादव, ८६ केजीमा लाल बहादुर यादव, ९२ केजीमा अवधेश यादव र ९७ केजीमा राजेश यादव छनोट भएको प्रतियोगिताका रेफ्री संजय यादवले जानकारी दिएका छन । उनका अनुसार महिलातर्फ पाँच वटा तौल समूहको खेलाडी छनौट भएको छ ।

५० केजी तौल समूहमा बाराकी गीता यादव, ५३ मा पर्साकी मधुकुमारी, ५५ मा बाराकी प्रमिला, ५७ मा बाराकै किरण यादव र ६२ केजीमा पर्साकी निलम कुमारी छनौट भएको छ । भदौ २ गतेदेखि छनाेट प्रतियोगिता जारी थियो ।

युवा जनशक्तिलाई दक्ष बनाउन संघ र प्रदेश दुवै सरकार असफल : मुख्यमन्त्री राउत

इकागज | भदौ ३०, २०७९

जनकपुरधाम - युवा जनशक्तिलाई सीपयुक्त दक्ष बनाउन राज्य र प्रदेश सरकार असफल देखिएको सरोकारवालाहरूले बताए...

छात्रालाई साइकल वितरण

इकागज | भदौ २९, २०७९

महोत्तरी - माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालि...

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित

इकागज | भदौ २८, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेक...