निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

इकागज | असोज १४, २०७९

महोत्तरी- नेपाल कम्युनिस्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । 

यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौँमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो ।

महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए ।

केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिस्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।

धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा कम्युनिस्ट पाटी (बहुमत)ले अब देशमा कम्युनिस्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरुले बताए ।

अख्तियारमा उजुरीको चाङ, सबैभन्दा बढी भ्रष्टाचार धनुषामा

सुभाष कर्ण | असोज १४, २०७९

जनकपुरधाम- मधेस प्रदेशको धनुषा जिल्लामा सबभन्दा बढी भ्रष्टाचार रहेको देखिएको छ । बर्दिबासस्थित अख्तियार द...

सत्ता गठबन्धन चुनाव सार्ने षडयन्त्रमा लागेकाे एमाले सचिव महासेठको आरोप

इकागज | असोज १०, २०७९

जनकपुरधाम- सत्ता गठबन्धनले चुनावको मिति सार्ने षडयन्त्र गरिरहेकाे आरोप नेकपा एमालेका सचिव रघुवीर महासे...

सडकमा मजदुरी गर्ने बालबालिका भन्छन् : चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्

इकागज | असोज १०, २०७९

महोत्तरी- चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्...

माटो बेचेर दसैँ खर्च

इकागज | असोज ९, २०७९

महोत्तरी- दसैँ नजिकिँदै गर्दा महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहो गर्दैछन् । दसैँ ...