धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते

इकागज | भदौ २८, २०७९

जनकपुरधाम- धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । 

पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । रासस

आउँदो निर्वाचनमा एमालेले कुनै दलसँग गठबन्धन गर्दैन : अध्यक्ष ओली

सुभाष कर्ण | भदौ २७, २०७९

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमाले पार्टीले कुनै पनि दलसँग गठबन्ध...

एमालेको नेतृत्वमा सरकार नबने देश बर्बाद हुनेछ : अध्यक्ष ओली

सुभाष कर्ण | भदौ २७, २०७९

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सरकार जनताका ल...

एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

सुभाष कर्ण | भदौ २७, २०७९

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरी...

आर्थिक चलखेल गरी चिकित्सा शिक्षक पदमा मागभन्दा बढी उत्तीर्ण गरेको आरोप

सुभाष कर्ण | भदौ २७, २०७९

जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रादेशिक अस्पतालका लागिचिकित्सा शिक्षकमा निकालेको विज्ञापनमा...

अमरेशको नाम नराखी कांग्रेस मधेश प्रदेशले गर्‍यो उम्मेदवार सिफारिस

इकागज | भदौ २६, २०७९

काठमाडौँ - नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारि...

कांग्रेस र माओवादीले गठबन्धनको नाममा सत्ता कब्जा गर्न लागे : अध्यक्ष यादव

सुभाष कर्ण | भदौ २५, २०७९

जनकपुरधाम-  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (मा...

ट्रयाक परीक्षण भएपनि कुर्था-बिजलपुरामा रेल सञ्चालन हुन अझै समय लाग्‍ने

सुभाष कर्ण | भदौ २५, २०७९

जनकपुरधाम- जनकपुरधाम (कुर्था)-बिजलपुरा रेलमार्गको ट्रयाक परीक्षण भएपनि निर्माण कार्य जारी नै रहेको...