बलात्कार आराेपमा लहानका उपप्रमुख महताे पक्राउ

सुभाष कर्ण | भदौ २४, २०७९

जनकपुरधाम- सिरहाकाे लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो बलात्कार आराेपमा पक्राउ परेका छन् ।

गत दुई महिनादेखि फरार रहेका उपप्रमुख महताे शुक्रबार दिउँसाे कानुन व्यवसायी मार्फत लहान प्रहरीमा हाजिर भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले फरार सूचीमा रहेका उपप्रमुख महताे आफैँ वकिल लिएर हाजिर भएकाे बताए । उनले आज ढिला भएका कारण अनुसन्धानका लागि थप म्याद माग गरेकाे पनि जानकारी दिए ।

आइतबार अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने उनले बताए ।

डीएसपी बुढाथोकीका अनुसार उपप्रमुख महतोको स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा गराइएको र अनुसन्धान पूरा नभएसम्म थुनामा राखिने छ । जागिर लगाइदिने भन्दै प्रलोभन दिई एक २१ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेकाे आराेप उपप्रमुख महताेमाथि लागेकाे छ ।

प्रहरीले बताएअनुसार गत जेठ १९ गतेका दिन कम्प्युटर अपरेटरमा जागिरको प्रलोभन देखाई बलात्कारको प्रयास गरेकाे भनी साउन ४ गते प्रहरीमा जाहेरी परेकाे थियाे । जाहेरी परेदेखि नै महताे भागेपछि प्रहरीले फरार सूचीमा राखेका थियाे ।

आफूलाई गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गर्न अपरेटर पदमा जागिर लगाइदिने प्रलोभन दिएर बलात्कारकाे प्रयास गरेकाे भन्ने कुरा ती महिलाले दिएकाे जाहेरीमा उल्लेख छ ।

नागरिकता विधेयक प्रमाणीकरण नभए अदालत जाने प्रचण्डको चेतावनी

सुभाष कर्ण | भदौ २०, २०७९

जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकर...

मन्त्रीले गरे दिवंगत बुवा र स्वकीय सचिवका नाममा बजेट विनियोजन

सुभाष कर्ण | भदौ २०, २०७९

जनकपुरधाम । मधेश प्रदेश सरकारका एक मन्त्रीले दिवंगत आफ्ना बुवाको नाममा धर्मशाला र पिएको नाममा स्मृति पा...

बारामा उद्योग लुट्‍न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान, एक प्रहरी घाइते

इकागज | भदौ १९, २०७९

काठमाडौँ- बारामा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगर...

संघको असहयोगका कारण आर्थिक विकास गर्न सकेनौ : मुख्यमन्त्री राउत

इकागज | भदौ १८, २०७९

जनकपुरधाम । संघीय सरकारको अवरोधका कारण प्रदेशले आर्थिक विकास गर्न नसकेको मधेश प्रदेशका मुख्यमन्त्री लालब...

कोभिड विशेष अस्पतालमा गरेको करोडौँ लगानी खेर जाने जोखिम, मधेश सरकार प्रतिक्रियाविहीन

सुभाष कर्ण | भदौ १८, २०७९

जनकपुरधाम - मधेश प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोभिड विशेष अस्पतालको करोडौँ रुपैयाँ लगानी खेर जाने...