भारतीय नागरिकको हत्या गरेको आरोपमा पर्साका राजाबाबु पक्राउ

इकागज | असोज २५, २०७९

काठमाडौँ- असोज २१ गते हत्या गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा श्रीलाल ठाकुर पक्राउ परेका हुन् ।

पर्सा बहुदरमाई नगरपालिका–२ हांसवा  घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

आदकको उनकै कोठामा असोज १९ गते विहान शव फेला परेको घटनाको थप अनुसन्धानको क्रममा आदकसँगै बस्दै आएका श्रीलालले हत्या गरेको खुल्न आएपछि आदकलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो । श्रीलालले काठ च्यापन प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या पश्चात शव कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएको खुल्न आएको छ ।

 साथै उनको कोठाबाट उक्त सकिन्जा र आधा फोडिएको बाकसमा रहेको नगद ४ लाख १९ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । 

मधेश लोक सेवा आयोगको अवस्था भद्रगोल, रकम चलखेलमा १२ जनालाई उत्तिर्ण गरेको आरोप

सुभाष कर्ण | असोज १९, २०७९

जनकपुरधाम- मधेश प्रदेश लोक सेवा आयोगको भद्रगोल अवस्थाले आवेदन दिएका मध्ये १२ जना बढीलाई उत्तिर्ण गरेको ...

बगरमा तरकारी खेती भूमिहीन किसानको जीविकोपार्जनका लागि वरदान

सुभाष कर्ण | असोज १८, २०७९

जनकपुरधाम- कोरोना प्रभावित र वैदेशिक रोजगारबाट फर्किएका धनुषाको मिथिला नगरपालिका ८ कुसुम विछौना गाउ...

सर्लाहीमा एमाले र माओवादी कार्यकर्ताबीच झडप : तीनजना घाइते, दुई पक्राउ

इकागज | असोज १५, २०७९

जनकपुरधाम- सर्लाहीमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कौडी उठाउने विषयलाई लि...