अवैध मेडिकल सामग्रीसहित जनकपुरधामबाट तीन भारतीय पक्राउ

इकागज | असार ३१, २०७९

जनकपुरधाम । धनुषा प्रहरीले भन्सार जनकपुरधामबाट अवैध मेडिकल सामाग्री सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक घरमा छापामारी गरी प्रहरीले तिनीहरुलाई पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–९ संकटमोचन मन्दिरको नजिक रहेको एक घरमा शुक्रबार दिउँसो प्रहरीले छापामारी गरी लुकाएर राखिएको ठूलो परिमाणमा अवैध मेडिकल सामाग्री बरामद सहित तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी उपरिक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।

'मेडिकल सामाग्रीहरु कति रुपैया बराबरको हो भन्ने कुरा अहिले यकिन गर्न सकिएको छ नियन्त्रणमा लिइएकाहरुसँग सोधपुछ जारी रहेकोले अनुसन्धानपछि रकम यकिन हुन सक्नेछ ।' उनले भने। नियन्त्रणमा लिइएकाहरुमा भारतको मधुवनी जिल्ला जयनगर थाना बस्ने ५२ वर्षीय विपिन कुमार सिंह, दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटनाको हरनोद सिरसिया बस्ने २३ वर्षीय सुरज सिंह रहेको प्रवक्ता बस्नेतले बताए ।

बक्यौता भुक्तानीको माग गर्दै कर्मचारी नै भित्र थुनेर तालाबन्दी

सुभाष कर्ण | असार २९, २०७९

जनकपुरधाम - उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालय जनकपु...

न्यायाधीश भट्टराईको विवादास्पद फैसलाहरु कारबाहीका लागि न्याय परिषदमा पठाइने

सुभाष कर्ण | असार २७, २०७९

जनकपुरधाम - नेपाल बार एशोसिएसन उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाका न्यायाधीश डा. परशुराम भट्टराई...

चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले गर्‍यो ६४ प्रतिशत बजेट खर्च

इकागज | असार २७, २०७९

जनकपुरधाम - चालु आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेश सरकारले ६४.०४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश ले...

भुक्तानी निकासामा प्रदेश र स्थानीय तहलाई विभेद गरिएको मधेश सरकारको आरोप

सुभाष कर्ण | असार २६, २०७९

जनकपुरधाम- भुक्तानी निकासा व्यवस्थामा प्रदेश सरकारलाई विभेद गरिएको मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्...