लुकामारी खेल्ने क्रममा सर्पले टोकेर बालकको मृत्यु

इकागज | साउन ८, २०७९

सिराहा- सर्पको टोकाइबाट सिराहामा एक जना बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा गोलबरजार नपा-३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो।

सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुर्‍याए पनि बाटाेमै मृत्यु भएकाे बताइएको छ।

खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्रै घरपरिवारले थाहा पाएको स्थानीय नरबहादुर थापाले जानकारी दिए।

उनी गाउँकै सरस्वती माध्यमिक विद्यालयमा बालविकासमा पढ्दै थिए।

नागरिकता विधेयक पास गरेर माओवादीले प्रतिबद्धता पूरा गर्‍यो : प्रचण्ड

इकागज | साउन ८, २०७९

सर्लाही- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास ...

पूर्वमेयरले करारमा कर्मचारी होइन, कार्यकर्ता भर्ना गरेका थिए : मेयर श्रेष्ठ

इकागज | साउन ७, २०७९

सिरहा- गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाकाे नाम...

मधेस झरेर प्रचण्डले भने- नागरिकता समस्या समाधान गर्न पाएकोमा निकै उत्साहित छु

इकागज | साउन ७, २०७९

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता समस्या समाधान गर्न पाएको...

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमान्‌सहित तीन जना पक्राउ

इकागज | साउन ७, २०७९

सर्लाही- पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेल...

मधेश प्रदेशले सम्पन्न योजनाको एक अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी

सुभाष कर्ण | साउन ५, २०७९

जनकपुरधाम । मधेश प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८÷०७९ मा सम्पन्न योजनाको एक अर्बभन्दा बढी रकम भ...

आर्थिक वर्ष ०७८/७९ मा उच्च अदालत जनकपुरकाे ४९ प्रतिशत मुद्दा फर्छ्याैट

इकागज | साउन ४, २०७९

जनकपुरधाम-  उच्च अदालत जनकपुरधामले आर्थिक वर्ष २०७८/०७९ मा ४९.१५ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ ।...