नेपाल-भारत रेलसेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका स्थानीयद्वारा आन्दोलन घोषणा

इकागज | माघ २३, २०७९

काठमाडौँ- नेपाल-भारत रेल सेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् ।

सोमबार कोशी ब्यारेजस्थित नेपाल-भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरूले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् । रेल सेवा सञ्चालनका लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रूपमा आन्दोलन गर्ने भएका छन् ।

सन् २०११ मा सम्पन्न कोशी सम्झौता अनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्नेगरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताए ।

प्रदेश १ का पूर्वपर्यटन मन्त्री जगदीश कुसियतले नेपाल-भारत संयुक्त रेल सेवा आन्दोलनको आवश्यकता महसुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताए । उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक रहेको उल्लेख गरे ।

भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकारविरुद्ध संघर्षमा छन् । कोशी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतीयासहित सीमावर्ती क्षेत्रका पूर्वसांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समितिलाई विस्तार गरी अघि बढ्ने निर्णय गरेको छ ।

कोशी प्रोजेक्ट अन्तर्गत भारतले सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगरदेखि धरानको रेल्वे लाइन र चकरघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो । त्यस बखत कोशी ब्यारेज पुल बनाउन ढुङ्गा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपाल तर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बाङ्गे र घोपा क्याम्पमा रेल स्टेसन राखिएको थियो ।

मधेश प्रदेशकाे संसद् भवन बनाइदिन राजदूत श्रीवास्तवसमक्ष आग्रह

सुभाष कर्ण | माघ २०, २०७९

जनकपुरधाम- नेपाल–भारत मैत्री युवा संघका अध्यक्ष तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ...

मधेश प्रदेशमा मन्त्रिमण्डल विस्तार, माओवादी केन्द्रले पठाएन मन्त्री

सुभाष कर्ण | माघ २०, २०७९

जनकपुरधाम- मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । शुक्रबार प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६...

करार कर्मचारीको म्याद थप्‍ने विषयले विवाद बढ्दा अनिश्चितकालका लागि अस्पताल बन्द

इकागज | माघ १९, २०७९

बारा- करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निकाल्न सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालको ओपिडी ...