हेटाैंडाकाे विकासका लागि मुख्यमन्त्रीलाई कांग्रेसकाे सुझाव

इकागज | जेठ २३, २०८०

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव  भीमसेन महतले हेटौंडा उपमहानगरपालिकाको ​विकासका लागि  वागमती प्रदेश सरकार समक्ष सुझाव पेश गरेका छन् ।

हेटौंडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र पेश गरेका छन् ।

उनले पर्यटन, धार्मिक, जलचर संरक्षण, विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफूलको शहर, रमणीय क्षेत्रलगायतका ४० वटा योजनाहरु सुझावका रुपमा जानकारी गराएका छन् ।

सचिव महतले आगामी आर्थिक वर्ष २०८०/०८१ वार्षिक बजेटमा यस विषयलाई समावेश गर्न आग्रह गरे । ‘यस योजनाले हेटौंडाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ, पर्यटकीय क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार विकास गरेको खण्डमा पक्कै पनि छिमेकी राष्ट्र भारतबाट यहाँ पर्यटक भित्रनेछन' उनले भने ।

सुझाव पत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी मकवानपुरलाई विशेष रुपमा विकास गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

‘हेटौंडाको पर्यटन क्षेत्रमा लागनी गर्न प्रदेश सरकार तयारै रहेको छ, यसका लागि आवश्यक अध्ययन हुन जरुरी छ’ सुझाव पत्रमा भनिएको छ । सुझाव पत्र ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वाधार देखिने गरी विकास गर्ने प्रतिबद्धता जनाए ।

बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउनेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

इकागज | जेठ २३, २०८०

काठमाडौँ - नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा काठमाडौँ महानगरपालिका...

हेटौंडाको तापक्रम ३७ डिग्री : विद्यालय बन्द गरिँदै, घाममा ननिस्कन स्वास्थ्यकर्मीको सुझाव

इकागज | जेठ २०, २०८०

मकवानपुर- एक्कासि तापक्रम बढेपछि मकवानपुरमा सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न थालिएको छ । ...

नीति तथा कार्यक्रम तयार पार्दा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्दै आक्रोशित

इकागज | जेठ १९, २०८०

मकवानपुर- बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता जगन्नाथ थपलियाले सरकारले नीति तथा का...

नीति तथा कार्यक्रममाथि छलफल र पारितका लागि बागमती प्रदेश सभा बैठक बस्दै

इकागज | जेठ १९, २०८०

मकवानपुर । नीति तथा कार्यक्रममाथि छलफल र पारितको लागि प्रदेश सभा बैठक शुक्रबार बस्दैछ । जेठ १७ गत...

राष्ट्रिय पुरुष भलिबल : सेमिफाइनल पुग्ने टाेलीकाे टुंगाे लाग्याे

इकागज | जेठ १८, २०८०

मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौँडामा जारी खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रद...