बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

इकागज | जेठ १४, २०८०

मनहरी । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।    
    
प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्‌मा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।    
    
प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्‌मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।   

सकियाे प्रदेश खेलकुद प्रतियोगिता, ७८ पदकसहित काठमाडौं च्याम्पियन

इकागज | जेठ १४, २०८०

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको शनिबार सम्पन्न भएको छ । बागमती प्रदेश खेलकुद विकास...

बागमती प्रदेशमा आजदेखि घट्यो सार्वजनिक यातायातको भाडा (भाडा दरकाे सूचीसहित)

इकागज | जेठ १२, २०८०

काठमाडौँ- काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको...

एमाले संसदीय दलको कार्यालय बागमती प्रदेशद्वारा सरकारलाई ध्यानाकर्षण

इकागज | जेठ ११, २०८०

मकवानपुर- आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम एवं बजेट निर्माणको पूर्वसन्ध्या नेकपा एमाले संसदीय द...

बागमती प्रदेश महिला फुटबल : उपाधिका लागि सिन्धुली र काठमाडौं भिड्ने

इकागज | जेठ १०, २०८०

मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधिका लागि सिन्धुली र क...